गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई उपकरण सहयोग
पाेखरा | साउन २३, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले प्रहरीलाई उपकरण सहयोग गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहलाई दुई थान ब्रेथलाइजर र एक थान राडर गन हस्तान्तरण गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक सिंहले पछिल्लो समय ट्राफिक प्रहरीले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गन, टाइम कार्डलगायत प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिनुहुँदै प्राप्त उपकरणले सो अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै प्रहरीले यहाँ सवारी चालकले मादकपदार्थ सेवन गरेरनगरेको जाँचका लागि ब्रेथलाइजर प्रयोग गर्दै आएको छ । ब्रेथलाइजरको सहयोगमा मादकपदार्थ सेवनगरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न थालेपछि ‘मापसे’ गरेर सवारी चलाउने प्रवृत्ति घटेको जनाइएको छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

